राष्ट्रसंघ महासभा अध्यक्षको आह्वान : रुस र युक्रेनले वार्ताबाट विवाद समाधान गर्नुपर्छ

संयुक्त राष्ट्रसंघ महासभाको ७६ औं सत्रका अध्यक्ष अब्दुल्ला शाहिदले बिहीबार युक्रेनमा शान्तिपूर्ण माध्यमबाट तत्काल युद्धविराम र विवाद समाधान गर्न आह्वान गरेका छन् । ‘म तुरुन्त युद्धविराम, तनाव कम गर्न र कूटनीति र वार्तामा फर्किनका निम्ति आह्वान गर्दछु’ अध्यक्षले विज्ञप्तिमार्फत सो आग्रह गरेका हुन् ।संयुक्त राष्ट्रसंघको बडापत्र सार्वभौम समानताको सिद्धान्तमा आधारित रहेको कुरामा जोड दिँदै शाहिदले सबै सदस्य राष्ट्रहरूलाई आफ्ना अन्तरराष्ट्रिय विवादहरू शान्तिपूर्ण माध्यमबाट समाधान गर्न आह्व