टी-२० सिरिज : जितका लागि नेपालले पायो १०२ रनको लक्ष्य

केन्याविरुद्ध टी–२० अन्तरराष्ट्रिय सिरिजको चौथो खेलमा नेपालले जितका लागि १०२ रनको सामान्य लक्ष्य पाएको छ।नैरोबीस्थित जिमखाना क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय १ रनमा समेटियो।केन्याका लुकास ओलुओचले सर्वाधिक ३३ रनको योगदान गरे। कोलिन्स ओबुयाले २० तथा शेम न्गोचेले १३ रन बनाए।केन्यालाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिए। अदिल आलमले २ तथा दिपेन्द्र सिं ऐरी र शहबाज आलमले  १/१ विकेट लिए।५ खेलको टी&n