काठमाण्डाै - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस भित्र नै विद्रोह गर्नुपर्ने बेला आएको बताउनुभएको छ । शुक्रवार आज काठमाण्डाैमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।महामन्त्री थापाले नेपाली कांग्रेस भित्र सही ढङ्गबाट न्यायोचित व्यवहार नभएको ठूलो गुनासो आइरहेको भन्दै पार्टीभित्र ठूलो शुद्धीकरणको अभियान चलाउनुपर्ने बेला आएको बताउनु भयाे । उहाँले पार्टी सत्ताको हतियार मात्र हुन लागेको भन्दै पार्टीहरु चुनावको गोलचक्करमा मात्रै सीमित भएको दाबी गर्नुभयो । महा...