गणतन्त्र स्थापनापछि नेपालका राष्ट्रपतिलाई पहिलोपटक बेइजिङको रेड कार्पेट: यस्तो छ भ्रमण तालिका :: Pahilopost.com

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारी बुधवार उत्तरी छिमकी चीनको राजकीय भ्रमणमा जाँदै छिन्। गणतन्त्र स्थापनापछि चीनले पहिलो पटक नेपालका राष्ट्रपतिलाई बेइजिङमा रेड कार्पेट बिच्छ्याउन लागेको हो। चीनमा अप्रिल २५ देखि २७ सम्म आयोजना हुने दोस्रो अन्तरार्ष्ट्रिय साझेदारीका लागि बेल्ट एण्ड रोड फोरम अवसर पारेर राष्ट्रपति भण्डारीको राजकीय भ्रमण हुन लागेको