काठमाडौं। काङ्ग्रेसको महाधिवेशन ९ दिन सार्ने प्रस्तावसँगै निर्वाचन केन्द्रीत केन्द्रिय गतिविधि र जिल्ला नगरका अधिवेशनको पनि समयतालिका हेरफेर प्रस्ताव भएको छ। संशोधित तालिकाअनुसार प्रदेश अधिवेशन भदौ १ र २ गते, क्रियाशील सदस्यता छानबीन असार २० गतेभित्र केन्द्रीय समितिमा बुझाउने र केन्द्रीय समितिको बैठकले क्रियाशील सदस्यताको अन्तिम सूची असार २४ गतेभित्र केन्द्रीय निर्वाचन समितिलाई बुझाउने हुने प्रस्ताव गरिएको हो।