प्रधानमन्त्री पुष्पकमल दाहालले छिमेकी देश चीनसँग सहकार्य गरेर नै अघि बढ्न चाहेको बताएका छन् । चीन सरकारको सहयोगमा निर्माण भएको सिभिल अस्पताल भवन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपालको स्वास्थ्य क्षेत्रको गुणस्तर बढाउन र स्वास्थ्य उपचार सेवामा सबै नागरिकको पहुँच विस्तार गर्न चीन सरकारको थप सहयोग र सहकार्य चाहेको बताए ।