सञ्जीताकुमारी साह/ सर्लाही।
मलङ्वा नगरपालिका–११ की ४० वर्षीया सुशिला देवीको दैनिकी अचेल खेतबारी र हाटबजारमा बित्छ । उहाँलाई साथ दिनुहुन्छ, उहाँका श्रीमान् र छोराछोरीले । सुशिलाका दुई छोरा र दुई छोरी छन् । जेठो छोरा वैदेशिक रोजगारीको क्रममा मलेसियामा हुनुहुन्छ ।
घरमा आम्दानीको स्रोत केही नभएपछि एक वर्ष पहिले सुशिलाले २१ वर्षको छोरालाई परदेश पठाउनुभयो । मनले त मानेको थिएन । तर अभाव र बाध्यताको अगाडि आमाको मन पनि कठोर भइदियो । छोरा कमाउन थालेपछि आत्मविश्वास पनि बढ्यो । त्यसैले त अहिले परदेशबाट पठा...