कश्यपको कथा :  धूर्त सेठ

परापूर्व कालमा एउटा गाउँमा चतुर्भुज शर्मा नामका मानिस थिए । उनलाई गाउँलेहरू मायाले चतुरे भन्थे । उनको नाम जस्तै काममा पनि चतुर थियो । बुद्धिमा त्यस्तै, व्यवहारमा त्यस्तै । त्यसै भएर चतुरे भन्ने गरेका थिए उनलाई । जस्तोसुकै अपराध र अपराधीलाई पनि एउटा न एउटा जुक्ति निकालेर पत्ता लगाउन सक्ने खुबी थियो उनको । सज्जनहरूका लागि भाग्य विधाता जस्तै थिए भने ठग र धूर्त निम्ति काल । प्रायः अन्याय र अत्याचारमा परेका मानिस उनकै शरणमा जान्थे । अफ्ठ्यारो परेको बेला प्रहरी–प्रशासनसमेत सहयोग माग्न आउने गथ्र्