प्रतिनिधिसभा र राष्ट्रियसभा नियमावली सहमतिमै पारित गर्न कांग्रेसको आग्रह

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभा नियमावली सहमतिमै पारित गर्न सत्ता पक्षसँग आग्रह गरेको छ। कांग्रेस संसदीय दलको बुधबार अपराह्न सिंहदरबारमा बसेको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभा नियमावली सहमतिमै पारित गर्न सत्तापक्षसँग आग्रह गरेको हो। सत्तारुढ एमालेले फौजदारी अभिय...