दक्षिण भारतका चर्चित हास्य अभिनेता ब्रह्मानन्दमले नेपाली फिल्म 'ह्रस्व दीर्घ'मा अभिनय गर्ने भएका छन् । नीता ढुंगाना र हरिहर अधिकारीको अभिनय रहने फिल्ममा ब्रह्मानन्दमले अभिनय गर्ने सम्झौता गरेका हुन् । निर्देशक चन्द्र पन्तले सबैभन्दा महंगो पारिश्रमिकमा ब्रह्मानन्दमलाई फिल्ममा अनुबन्धित गरेको बताएका छन् ।