मिटरब्याजसम्बन्धी विधेयक रोक्न सत्तारूढ दलभित्रै दबाब

मिटरब्याजपीडितलाई राहत दिन सरकारले ल्याएको विधेयक तुहाउन सत्तारूढ दलभित्रै दबाब बढेको छ । सत्ता गठबन्धनमा रहेको जसपाले यथास्थितिमा विधेयकको पक्षमा मत दिन नसक्ने अडान लिएपछि सरकार विधेयक अघि बढाउन हच्किएको छ ।