काठमाण्डाै – टी–२० विश्व कपका लागि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले टोलीमा परिवर्तन गरेको छ । बीसीसीआईले स्पिनर अक्षर पटेलको ठाउँमा तीव्र गतिका बलर शार्दुल ठाकुरलाई १५ सदस्यीय टोलीमा राखेको हो ।
यस्तै अक्षरलाई वैकल्पिक खेलाडीका रूपमा शार्दुलको ठाउँमा टोलीमा समावेश गरिएको छ । भारतको १५ सदस्यीय टोलीमा विराट कोहली, रोहित शर्मा, केएल राहुल, सूर्यकुमार यादव, ऋषभ पन्त, ईशान किशन, हार्दिक पान्ड्या, रवीन्द्र जडेजा, राहुल चाहर, रविचन्द्रन अश्विन, शार्दुल ठाकुर, वरुण चक्रवर्ती, जसप्रीत बुमराह, भुवनेश्वर कुमार र मोहम्...