उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य, चिनियाँ समकक्षीद्वारा स्वास्थ्यलाभको कामना
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । जनवादी चीनको भ्रमणका क्रममा रहँदा यही कात्तिक १ गते हृदयाघात भएपछि उहाँ बेइजिङस्थित पेकिङ मेडिकल कलेज अस्पतालमा उपचाररत हुनुहुन्छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिएका छन् ।
ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेजमा केही दिनदेखि उपचार गराइरहेका जोशीलाई आज मन्त्री आलेले भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । जोशीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निर्देशक प्रा डा सुरज बज्राचार्यले सो अवसरमा मन्त्री आलेलाई जानकारी गराएका थिए । सो अवसरमा उनले जोशीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको मन्त्री आलेको सचिवालयले जनाएको छ ।
काठमाडौं / शनिवार प्रचण्डका दुई छोरीहरूले आमा सीता दाहालको फोटो सामाजिक सञ्जालमा फेसबुकमा सार्वजनिक गरेका छन् । रेणु दाहाल र गंगा दाहालले आफ्नी आमा सीता दाहालको फोटो सामाजिक सञ्जालमा फेसबुकमा आमा क्याप्सन लेखेर सार्वजनिक गरेका हुन् । फोटो सार्वजनिक भएपछि धेरैले उनको अवस्थाबारे जिज्ञासा राख्दै स्वास्थ्यलाभको कामना गरेका छन् । उनकाे स्वास्थ्य अवस्था सामान्य नै...