ओखलढुङ्गामा दुर्घटना कम गर्न गाडीमा ‘टाइमकार्ड’

ओखलढुङ्गा - ओखलढुङ्गामा तीव्र गतिका कारण हुने गाडी दुर्घटना न्यूनीकरणका लागि टाइमकार्ड लागू गरिएको छ । ओखलढुङ्गाबाट छुट्ने लामो तथा छोटो दूरीका सबै सार्वजनिक गाडीहरूका लागि टाइमकार्ड लागू गरिएको हो ।  ओखलढुङ्गामा पछिल्लो समय दुर्घटना बढेकाले तीव्र गतिका कारण हुने गाडी दुर्घटना न्यूनीकरण गर्न टाइमकार्ड लागू गरिएको ओखलढुङ्गा ट्राफिक प्रहरी प्रमुख होमप्रसाद खतिवडाले बताउनुभयो । टाइमकार्डमा निर्धारण गरिएको समयमा निश्चित दूरीमा मात्र गाडी कुदाउन पाइने गरी टाइमकार्डको व्यवस्था गरिएको प्रमुख खतिवडाको भनाइ छ ।  ...