शान्ति समाज स्थापना दिवस ३० जिल्लामा मनाइयो

काठमाडौं- मानव अधिकार तथा शान्ति समाज स्थापना दिवस मनाइएको छ । शान्ति समाज स्थापना भएको दिनको अवसरमा बिहीबार ३० जिल्लामा कार्यक्रमको आयोजना गरि यो दिवस मनाइएको छ । “ शान्ति समाजको कार्यक्षेत्र जगतमुखी, जीवनमुखी, सेवामुखी उद्देश्य” भन्ने मूल नारासहित दर्जनौ कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाएको हो । स्वयंसेवी संस्था शान्ति समाज २०५३ जेठ १९ […]

सम्बन्धित सामग्री

संस्थापकहरुलाई सम्मान गर्दै पत्रकार महासंघ जापानले मनायो स्थापना दिवस

नेपाल पत्रकार महासंघ जापानले शाखाका संस्थापकहरुलाई सम्मान गर्दै १२औं स्थापना दिवस मनाएको छ । जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा उहाँले जापानको नेपाली समाज संगठित, समृद्धि र अनुकरणीय रहेको बताउनुभयो । गत आइतबार सम्पन्न कार्यक्रममा राजदूत डा. सुवेदीले दूतावासको टेलिफोन नउठ्ने लगायतको जापानबासी नेपालीहरुको गुनासोलाई सम्बोधन गर्दै यो समस्याको समाधान …

अप्ठ्यारो समयमा धेरै कडाइ गर्दा झन् समस्या उत्पन्न हुनसक्छ : रजिष्ट्रार

नेपाल सहकारी पत्रकार समाज (सिजेएन) स्थापनाको १२ औं वर्षमा प्रवेश गरेको छ । सहकारी बिटमा पत्रकारिता गर्ने सञ्चारकर्मीहरूको हकहित संरक्षण र वृत्ति विकास गर्ने उद्देश्यले स्थापना भएको समाजले एक कार्यक्रमको आयोजना गरेर १२ औं स्थापना दिवस मनाएको छ ।वार्षिकोत्सव कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि संघीय सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारी बिटमा पत्रकारिता गर्ने […]

फोटो, चित्रकला, म्याराथन प्रतियोगिता आयोजना गर्दै केयुको ‘एनएससीएस’ विभाग

काठमाडौं :  काठमाडौं विश्वविद्यालयको प्रकृति तथा सामाजिक चिन्तन समाज (एनएससीएस) ले आफ्नो स्थापना दिवसको अवसर पारेर विभिन्न कार्यक्रमहरूको आयोजना गर्ने भएको छ।यही भदौ ८ गते विश्वविद्यालयअन्तर्गतको यस समाजले आफ्नो २१ औं स्थापना दिवस मनाउन लागेको हो। यो समाज सन् २००१ मा स्थापना भएको हो। यस समाज काठमाडौं विश्वविद्यालयमा अध्यापन हुने महत्त्वपूर्ण विषय वातावरण विज्ञानमा अध्ययनरत विद्यार्थीहरूले सञ्चालन गरिरहेको विभागीय क्लब हो।यस क्लबले आफ्नो स्थापना कालदेखि नै पर्यावरणीय क्षेत्रका नयाँ आयामहरूमा

मेलानको स्थापना दिवसको अवसरमा बालबालिका र वृद्धवृद्धाका लागि स्वास्थ्य जाँच

मेडिकल ल्याबोरेटोरी एशोसियसन अफ नेपाल (मेलान) ले आफ्नो १७ औं स्थापना दिवस बुढानीलकण्ठ ४ स्थित पवित्र समाज सेवा नेपालमा रहेका ३५ बालबालिका र ३० वृद्धाहरुको निःशुल्क स्वास्थ्य जाँच गरि मनाएको छ।

भाषा, संस्कृति र कला बलियो भएको देशमा राष्ट्रियता बलियो हुन्छ : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जुन देशमा भाषा, संस्कृति एवं कला र साहित्य बलियो हुन्छ त्यो देशको राष्ट्रियता र सार्वभौमिकता बलियो हुने बताउनुभएको छ । आज सङ्गीत रोयल्टी समाज नेपालको १६ औँ स्थापना दिवस तथा श्रष्टा सम्मान एवं रोयल्टी वितरण कार्यक्रममा उहाँले नेपाली गीत, सङ्गीतका श्रष्टाहरुकै कारण देशको राष्ट्रियता र सार्वभौमिकता बलियो हुँदै […]

प्रतिलिपि अधिकार स्थापना दिवस आज

काठमाडौं। नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयले १७औं स्थापना दिवस आज (बुधवार) विभिन्न कार्यक्रम गरेर मनाउँदै छ । सरकारले प्रतिलिपि अधिकार संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले २०६१ वैशाख ७ गते कार्यालय नै स्थापना गरेको थियो । सोही दिनको अवसर पारेर कार्यालयले बुधवार प्रभातफेरी, शुभकामना आदानप्रदान र कर्मचारीलाई सम्मान गर्ने कार्यक्रम आयोजना गरेको छ । कार्यालयकी रजिस्ट्रार विष्णुकुमारी भट्टराईले बुधवार बिहान साढे  ७ बजे प्रभातफेरी कार्यक्रम शुरू गरेर स्थापना दिवस मनाउन लागिएको जानकारी दिइन् । कार्यालयका अनुसार काठमाडौंको रत्नपार्कस्थित गणेशमान बाटीकाबाट प्रभातफेरी शुरू गरेर नारायणहिटी कार्यालय परिसरमा शुभकामना आदान प्रदान गर्ने र एक कर्मचारीलाई सम्मान गर्ने कार्यक्रम छ । कला, साहित्य, ज्ञान–विज्ञान आदि क्षेत्रका रचनाहरूको प्रतिलिपि अधिकार र यससँग सम्बन्धित ध्वनिअंकन, प्रस्तुति तथा प्रसारण अधिकारको प्रभावकारी संरक्षण र संवर्द्धनका लागि कार्यालयको स्थापना भएको थियो । प्रतिलिपि अधिकार ऐन–२०५९ तथा नियमावली–२०६१ अनुसार नेपालमा प्रतिलिपि अधिकारको संरक्षण र संवर्द्धन हुँदै आएको छ । कार्यालय स्थापना हुनुभन्दा पहिला भने यससम्बन्धी काम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत संस्कृति शाखामार्फत हुँदै आएको थियो । प्रतिलिपि अधिकार सम्बन्धी कानून र नियमावली आएपछि भने मन्त्रालयअन्तर्गत नै रहनेगरी रजिस्ट्रारको कार्यालय स्थापना गरिएको हो । यद्यपि प्रतिलिपि अधिकार दिवस भने प्रत्येक वर्ष वैशाख १० गते मनाइँदै आएको छ । उपत्यकाबाहिरका स्रष्टामा जानकारी कम छ  विष्णुकुमारी भट्टराई रजिस्ट्रार, नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालय बौद्धिक सम्पत्तिलाई कानूनले नै संरक्षित र प्रवर्द्धन गरेको छ । प्रतिलिपि अधिकारका लागि नेपालमा कानून नै बनेर प्रयोगमा आएको छ । कानूनी रूपमा रचनाकार, सष्ट्राहरूका अधिकारलाई स्थापित गरिएको छ । बौद्धिक सम्पत्ति सम्बन्धी भएका सन्धि तथा संगठनहरूको नेपाल सदस्य राष्ट्र भएर त्यसका प्रावधान पालना गरेको छ । नेपाल सदस्य राष्ट्र भएपछि कला, साहित्य, ज्ञान, विज्ञानका विविध विषयमा प्रतिलिपि अधिकार अघि बढाएका छौं । खासगरी रचनाकार, स्रष्टा, सर्जकहरूसमक्ष जानकारी पुर्‍याउन र यसको प्रयोगलाई जोड दिन कार्यालयले वार्षिक रूपमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । साहित्य, कला, गीतरसंगीतको क्षेत्रमा लाग्नेहरू सचेत हुन थाल्नु भएको छ । यद्यपि अझै पनि कतिपयमा यस्ता सृजनामा छुट्टै अधिकार हुन्छ भन्ने ज्ञानको कमी छ । शहरभन्दा बाहिरका स्रष्टाहरूलाई यससम्बन्धी जानकारीको अभाव छ । सम्बन्धित क्षेत्रमै काम गर्ने केही व्यक्ति र कानून पढेका बाहेक अन्यलाई कम जानकारी छ । यो ‘ग्याप’ हटाउन पर्याप्त मात्रामा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ । स्रष्टाहरूको सृजनाको दर्ता, अभिलेख गर्ने र त्यससम्बन्धी चेतना जगाउनुपर्छ । त्यसमा हामी चुकेका छौं । सार्वजनिक रोयल्टी उठाउन गाह्रो छ सुरेश अधिकारी अध्यक्ष, संगीत तथा रोयल्टी संकलन समाज प्रतिलिपि अधिकारका विषय हेर्दा व्यक्तिगत हकमा व्यवस्थित हुँदै आएको छ । प्रतिलिपि अधिकार सृजनाकारका लागि हो भन्ने विषयले प्राथमिकता पाउँदै आएको छ । यद्यपि सार्वजनिक रोयल्टी संकलनको विषय निकै पेचिलो बनेको छ । सार्वजनिक रोयल्टी संकलन नहुँदा स्रष्टाहरू भोकभोकै बस्नुपर्नेसम्मको बाध्यता आउने देखिन्छ । सार्वजनिक रोयल्टीका क्षेत्रमा सार्वजनिक यातायात, होटेलररेस्टुँरा, महोत्सवलगायत पर्छन् । साथै रेडियो, टेलिभिजन जस्ता क्षेत्रमा पनि यस्तो रोयल्टी उठाउने गरिन्छ । व्यक्तिगत रूपमा रोयल्टी संकलन राम्रो भए पनि सार्वजनिक रूपमा रोयल्टी संकलन गर्न भने सकिएको छैन । त्यसको प्रयास गर्दा, सांगठनिक रूपमा दबाब सृजना गरिँदा सरकार नै उक्त निर्णयबाट फिर्ता हुनुपरेको अवस्था छ । गीतरसंगीत सार्वजनिक रूपमा प्रयोग गर्दा यस्तो रोयल्टी तिर्नुपर्छ । यसमा सरकारले कडा कदम चाल्न आवश्यक छ ।

प्रेस चौतारीले विभिन्न सञ्चारकर्मीलाई पुरस्कृत गर्ने

काठमाडौँ : प्रेस चौतारी नेपालले २४औं स्थापना दिवसका अवसरमा विभिन्न सञ्चारकर्मीलाई पुरस्कृत गर्ने घोषणा गरेको छ।प्रेस चौतारीले पत्रकारिताको माध्यमबाट समाज परिवर्तन र रूपान्तरणमा विशिष्ट योगदान गर्ने पत्रकारलाई आफ्नो स्थापना दिवसको अवसरमा वार्षिक पुरस्कृत गर्दै आएको छ।चौतारीले माघ २२ गतेलाई स्थापना दिवस मनाउँदै आएको छ। उसले २०७७ र २०७८ को पुरस्कार शनिबार घोषणा गरेको हो।महाधिवेशनको उद्घाटन समारोहमा नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबाट पुरस्कृत गर्ने कार्यक्रम र

सिजेएनको ११ औं स्थापना दिवस

नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को ११ औं स्थापना दिवस सम्पन्न भएको छ । सो अवसरमा बोल्ने वक्ताहरूले सहकारी र सञ्चारको सहकार्यमा रचनात्मक काम गर्न सकिने बताए ।कार्यक्रममा बोल्ने वक्ताहरूले पत्रकारिता क्षेत्रबाट सहकारी क्षेत्रको विकृति, विसंगति अन्त्य गर्नुका साथै सहकारीको प्रवद्र्धनमा जोड दिनुपर्ने बताए ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलले […]

सिजेएन १२ वर्षमा प्रवेश

काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) स्थापना भएको ११ पुरा भएर १२ वर्षमा प्रवेश भएको छ । सिजेएनले ११ औं स्थापना दिवस अवसरमा बोल्ने वक्ताहरुले सहकारी र सञ्चारको सहकार्यमा रचनात्मक काम गर्न सकिने बताए । कार्यक्रममा बोल्ने वक्ताहरुले पत्रकारिता क्षेत्रबाट सहकारी क्षेत्रको विकृति, विसंगति अन्त्य गर्नुका साथै सहकारीको प्रवद्र्धनमा जोड दिनुपर्ने बताए । कार्यक्रममा […] The post सिजेएन १२ वर्षमा प्रवेश appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

संघीय समाजवादी फोरमले युएईमा मनायो चौथो स्थापना दिवस - Naya Patrika

संघीय समाज युएईको आयोजनामा संघीय समाजवादी फोरम पार्टीको चौथो स्थापना दिवस युएईमा सम्पन्न भएको छ । पार्टी प्रवास समिति अन्र्तगतको संघीय समाज युएईद्वारा गत शुक्रबार (१५ जुन) मा युएईको दुबइस्थित...पूरा पढ्नुहोस् »