जनकपुर । कोरोना महामारीको क्रममा धनुषाका स्थानीय तहले करोडौँ रुपैयाँ खर्च गरेका छन् । महालेखापरीक्षकको कार्यालयको ५८ औँ प्रतिवेदनअनुसार कोरोनाकालमा धनुषाका स्थानीय तहहरुले २२ करोड रुपैयाँभन्दा बढी रकम खर्च गरेको पाइएको हो ।कोरोना संक्रमण फैलिन थालेपछि सरकारले देशव्यापी रुपमा २०७६ साल चैत ११ देखि लकडाउन घोषणा गरेको थियो । लकडाउन भएको केही साता नबित्दै गरिब, विपन्न परिवार र मजदुर वर्ग सबैभन्दा बढी प्रभावित भए । दैनिक ज्यालादारीमा काम गर्नेहरु लकडाउनमा घरमै बन्द भएपछि उनीहरुलाई खानाको समेत समस