म्याद समाप्त नहुने ६ खाद्य पदार्थहरू

हामीले खानाहरु कहिलेसम्म प्रयोग गर्न सकिने भन्ने निर्धारण गर्न खानामा उल्लेख गरिएको म्याद हेरेर निर्णय गर्छौं । यद्यपी हामीले भर परेका मितिहरू सधैं खाना कति लामो समयसम्म प्रयोग गर्न उपयुक्त छ भन्ने कुराको सही तस्वीर भने होइन। प्रायः किराना उत्पादकहरूको लागि स्वैच्छिक प्रक्रिया अन्तरगत खानाको म्याद राख्छन्, जसले प्रायः उनीहरूको उत्पादनहरू कहिलेसम्म उत्कृष्ट गुणस्तरमा हुनेछन् […]

सम्बन्धित सामग्री

खाद्य गुण नियन्त्रण डिभिजन बैतडीद्वारा १२ ओटा पसललाई कारवाही

भदौ १०, बैतडी । गत आर्थिक वर्षमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीले १२ ओटा पसललाई कारवाही गरेको छ । उपभोक्ताको हितलाई ध्यान नदिने, गुणस्तरहिन र म्याद सकिएका वस्तु विक्री गर्ने पसललाई कारवाहीको लागि सिफारिस गरेको हो । कार्यालयले सिफारिस गरेका १२ ओटामध्ये पाँच पसलको मुद्दा दायर गरेको छ चारको फैसला भइसकेको छ । पाँच पसलको सरकारी वकिलसँग राय सुझावको लागि पठाएको र तीन ओटा पसल कार्यालयको अनुसन्धानमा रहेको खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालय बैतडीका खाद्य अनुसन्धान अधिकृत कृष्ण दत्त लेखकले बताए । उनले भने ‘उपभोक्ताको हितलाई मध्यनजर नगर्ने व्यापारीलाई खाद्य निमावली अनुसार कारवाही गरिएको हो’ । मुद्दा दायर भएकामध्ये फैसला भएका राज स्वीट हाउस गोठलापानी, जन्ता होटल पन्जुकानया दोगडाकेदार, निङ्गलासैनी चियानस्ता पसल देहिमाण्डौ, ग्रेस मदिरा पसल र आरती किराना पसल पुर्चौडी रहेका छन् । यि व्यवसायमा उपभोग्य मिति समाप्त, लेवल अपूर्ण जस्ता कमजोरी भेटिएका थिए । राज स्वीट हाउस, जनता होटल पन्जुकानयाले ५ ५ हजार र ग्रेस मदिरा पसल, आरती किरना पसल पुर्चौडीले १० १० हजार जरिवाना तिरेका छन् । कार्यालयले गर्ने नमूना संकलनमा अखाद्य एवम् गुणस्तरहिन समान देखिएमा कार्यालयले दुई प्रकारको कारवाहीको लागि सिफारिस गर्छ । कार्यालयले लेवल र म्याद सकिएका  समानको मुद्धा जिल्ला प्रशासन कार्यालयलाई र न्यून गुणस्तर र दुषित प्रकारकाका वस्तुको मुद्धा अदालतलाई सिफारिस गर्ने गर्छ । कार्यालयलाई दिएको लक्ष्यभन्दा पनि बढि पटक पसलहरुको अनगमन गरेको पाइएको छ । कार्यालयलाई वार्षिक नमूना संकलन लक्ष्य ११५ दिएकोमा ११६ नमूना संकलन गरेको छ । यस्तै अनुसन्धनात्मक नमूना संकलन १०० को लक्ष्य दिएकोमा १०३ संकलन गरिएको, बजार अनुगमन ५० को लक्ष्य दिएकोमा १७८ पटक अनुगमन र होटेल अनुगमन ५७ ओटाको लक्ष्य दिएकोमा ८८ ओटा होटल अनुगमन गरेको गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीले जानकारी दिएको छ । कार्यालयले आफ्नो कार्याक्षेत्राधिकार भित्रको अनुगमन नमूना संकलन व्यावसायिहरुलाई प्रशिक्षण जस्ता कार्य गर्दै आइरहेको छ । कार्यालयले जिल्ला प्रशासन र स्थानीय तहसँग मिलेर सयुक्त अनुगमन समेत गरेको छ ।  कार्यालयले बैतडीमा रहेका २५ होटलहरुको स्तरीकरण समेत गरेको छ । जसमा एक उत्तम, चार सन्तोषजनक, ११ समान्य र ९ न्यूनतम मापदण्ड नपुगेकामा राखेको छ ।

व्यापारिक फर्मबाट सवा तीन करोड जरिवाना

गत आर्थिक वर्षमा ४७ सय ७९ फर्मको अनुगमन गरेको विभाग तथा माताहतका निकायले १३ सय ४७ फर्मलाई जरिवाना गरेका छन्। तीन करोड ९८ लाख ५३ हजार मूल्यका म्याद समाप्त भएका खाद्य वस्तु समेत नष्ट गरेक छन्।

म्याद नाघेका सामान बिक्री नगर्न विभागको आग्रह

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य म्याद समाप्त भएका वस्तुहरूको बिक्री नगर्न आग्रह गरेको छ ।कोरानाको महामारी न्यूनीकरणसँगै व्यापार व्यवसाय सुचारु हुन थालेपछि उपभोग्य म्याद समाप्त भएका वस्तुहरू बिक्री हुनसक्ने भन्दै विभागले सरोकारवालाको ध्यानाकर्षण गराएको हो ।विभागले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने हुनाले त्यस्ता खाद्य वस्तुको बिक्री नगरी उत्पादक, […]

बजारमा कुनै गडबडी नै छैन त ?

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले ११ महिनामा (गत साउन महिनादेखि जेठ मसान्तसम्म) बजार अनुगमनका क्रममा रु तीन करोड ७३ लाख ८४ हजार मूल्य बराबरको म्याद समाप्त भएका खाद्य वस्तु नष्ट गरेको जनाएको छ । विभागले ११ महिनामा देशभर रहेका विभिन्न एक हजार ६६ व्यावसायिक फार्मको अनुगमन गरिएको जनाएको छ । विभागका प्रवक्ता शिवराज …

सिंहदरबारकै क्यान्टिनमा अखाद्य वस्तु - Purbeli News

काठमान्डाैं / देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्रै म्याद सकिएका अखाद्य वस्तु बिक्री वितरण भइरहँदासमेत सरकारी निकाय रमिते बनिरहेका छन् । सिंहदरबारका चमेना गृहमा उपभोग्य मिति समाप्त खाद्यवस्तु बिक्री वितरणसँगै उपभोक्ता संरक्षण ऐन २०७५ उल्लंघन भइरहेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले गरेको अनुगमनको...