समृद्धि फाइनान्सद्वारा ह्वील चियर वितरण

काठमाडौं । समृद्धि फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शुक्रवार ह्वील चियर वितरण गरेको छ । रोटरी क्लब अफ महाबौद्ध र राष्ट्रिय अपांग कोषको सहकार्यमा फाइनान्सले ह्वील चियर वितरण गरेको हो । वितरण कार्यक्रममा कम्पनीका सञ्चालक विनोदकुमार सुवेदी, प्रमुख सञ्चालन अधिकृत चूडामणि खनाल र रोटरी क्लब अफ महाबौद्धका अध्यक्ष वत्स शाक्यको उपस्थिति थियो । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत फागुनमै रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको कम्पनीले जानकारी दिएको छ । हाल आठओटा शाखामार्फत आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङ, डेबिट कार्ड, क्यूआर कोड लगायत डिजिटल सुविधा दिँदै आएको कम्पनीको भनाइ छ ।