७६ जनाको नमुना परीक्षण गर्दा ३१ जनामा कोरोना संक्रमण पुष्टि

कैलालीको सेती प्रादेशिक कोरोना अस्पतालमा गरिएको परीक्षणमा थप ३१ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । ७६ जनाको नमुना परीक्षण गर्दा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएकामध्ये धेरैजसो ब्यक्ति भारतबाट घर फर्केका हुन् । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा ३ जना संक्रमित बिरामी अस्पताल भर्ना भएका छन् ।सो अस्पतालमा अहिले ६ जनालाई आईसीयुमा भर्ना गरिएको र एक जना भेन्टिलेटरमा राखिएको उनले बताए ।

सम्बन्धित सामग्री

काठमाडौंमा आज थपिए ५ सय ३१ जना कोरोना संक्रमित

काठमाडौं । काठमाडौं जिल्लामा बितेको चौबिस घण्टा ५ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै जिल्लाभर संक्रमितको संख्या २ लाख ११ हजार १२६ पुगेको छ। यीमध्ये २ लाख ३ हजार ६५२ जना निको भइसकेका छन भने १ हजार ९३७ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार हाल जिल्लाभर सक्रिय संक्रमितको संख्या ५ हजार ५३७ रहेको छ।

थप १८३१ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु

असार २७, काठमाडौं । नेपालमा विगत २४ घण्टामा थप १ हजार ८३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार दिएको जानकारी अनुसार ५ हजार ५३५ ओटा पीसीआर परीक्षण गरिएकोमा १ हजार २३७ जना र ३ हजार ६८३ ओटा एन्टिजेन परीक्षणमा ५९४ गरी  कुल १ हजार ८३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार  सो अवधिमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ हजार ५३३ रहेको छ ।  यसैगरी सो अवधिमा मृत्यु हुनेको संख्या २० रहेको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ३८२ पुगेको छ । सो अवधिमा  काठमाडौं उपत्यकामा ३९१ जनालाई कोरोना संक्रमण भएको छ । जसमध्ये काठमाडौ जिल्लामा २६३ जना, भक्तपुर जिल्लामा ३१ जना र ललितपुर जिल्लामा ९७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । हाल देशभर २६ हजार १७३ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले बताएको छ। तीमध्ये १७५ जना भने भेन्टिलेटरमा रहेका छन्।  मन्त्रालयले पीसीआर परीक्षण गर्नेमध्ये अझै पनि २२ प्रतिशतमा कोरोना पोजेटिभ देखिने गरेको बताएको छ ।  मन्त्रालयले कोरोनाको जोखिम रहेको बताउँदै स्वास्थ्यसम्वन्धी सम्पूर्ण मापदण्ड पालना गर्न सबैलाई आग्रह गरेको छ।  नेपालमा सङ्क्रमितको कुल संख्या ६ लाख ९९ हजार नाघेको छ ।अहिले देशभरिका नौ ओटा जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने २५ ओटा जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन्।

आज काठमाडौँ उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

काठमाडौँ । काठमाडौँ उपत्यकामा थप ४६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँका ३४२ जना, ललितपुरका ८८ जना र भक्तपुरका ३१ जना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पाल्पामा कोरोना ग्राफ उकालो लाग्दै, बालबालिकादेखि वृद्धसम्म संक्रमित

पाल्पा : जिल्लामा कोरोना संक्रमितको संख्या दैनिक वृद्धि हुँदै गएको छ।मंगलबार एकैदिन ४१ जना कोरोना संक्रमित थपिएका छन्। कुल ७८ जनाको परीक्षण भएकोमा ४१ जनाको रिपोर्ट पोजेटिभ आएको हो। यसअघि सोमबार २६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। जिल्लाको सदरमुकाम तानसेनमा सबैभन्दा धेरै ३१ जना संक्रमित थपिएका छन्। यस्तै रामपुर नगरपालिकामा १, माथागढी गाउँपालिकामा २, रम्भामा १, बगनासकालीमा २, तिनाउमा १, रिब्दीकोटमा २, निस्दी गाउँपालिकामा १ जना कोरोना संक्रमित थपिएका जिल्ला स्वास्थ्य कार्यालय पाल्पा

थप ४ सय ८१ जनामा कोरोना पुष्टि, ७ सय ३१ जना कोरोना मुक्त

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

दाङमा कोरोनामुक्त हुनेको संख्या बढ्दै, १ सय ३१ जना डिस्चार्ज हुन बाँकी

दाङ : जिल्लामा हाल सम्म ८ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार मात्र  तुलसीपुर उपमहानगरमा स्वास्थ्यकर्मी, उपमहानगरका कर्मचारी लगायत अन्य समुदायस्तरका गरी २२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। जिल्लामा कुल संक्रमितमध्ये ७ सय ३९ जना निको भएर घर फर्किएका छन् भने  १ सय ३१ जना सक्रिय संक्रमितहरु रहेका स्...

गण्डकीमा सोमबार बिहान थपिए ६७ जना कोरोना संक्रमित

पर्वत : गण्डकी प्रदेशमा सोमबार बिहान ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै प्रदेशमा संक्रमितहरूको कुल संख्या दुई हजार ५९८ पुगेको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक तथा गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माका अनुसार कास्कीको पोखरा महानगरपालिकामा ३१ जना, नवलपरासी (बर्द...

काेराेनाबाट प्रदेश २ मा २४ घण्टायता ३ जनाकाे मृत्यु, १ सय ५३ संक्रमित थपिए

जनकपुुरधाम : प्रदेश २ मा पछिल्लो २४ घण्टामा १ सय ५३ कोरोना संक्रमित थपिएका छन्। जसमध्ये ३१ जना महिला छन्। योसँगै प्रदेश २ मा संक्रमितको संख्या ५ हजार ८ सय ९४ पुगेको छ। सामाजिक विकास मन्त्रालयका अनुसार सबभन्दा बढी पर्सामा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ५६ जना वीरगन्ज महानगरपालिकाकै छन्। जिल्ला प्रहर...

प्रधान कार्यालयमै ३१ प्रहरी संक्रमित

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ३१ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रधान कार्यालयमा आइतबार ४ र मंगलबार २७ गरी ३१ जनामा संक्रमण पुष्टि भएको हो । प्रधान कार्यालयमा कार्यरत एसएसपी कुवेर कडायतले आइतबार चार तथा मंगलबार थप २७ जनामा गरी हेडक्वार्टरभित्र ३१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । ‘आइतबार …

बर्दियाको समुदायमा फैलियो कोरोना, आरडिटी गरेर घर गएका पनि संक्रमित

बर्दिया : बर्दियामा पछिल्लो समय कारोना संक्रमितको संख्या बढ्दै गएको छ। भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरूमा कोरोना संक्रमण देखिन थालेको हो। बर्दियामा आज एकै दिन ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  एकै दिन ३१ जना संक्रमित थपिएसँगै जिल्लामा संक्रमितको संख्या १ सय ४१ पुगेको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य न...