अल कायदाका नेता अयमान अल जवाहिरीको अमेरिकी ड्रोन हमलामा परी मृत्यु भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले अल जवाहिरी अफगानिस्तानमा मारिएको पुष्टि गर्नुभएको छ । अमेरिकी गुप्तचर संस्था सीआईएको प्रतिआतङ्कवाद कारबाहीमा आइतवार अफगान राजधानी काबुलमा उनी मारिएपछि राष्ट्रपति बाइडनले जवाहिरीले अमेरिकी नागरिकहरू विरुद्ध हत्या र हिंसाको गोरेटो कोरेको आरोप लगाउँदै उनको हत्यापछि न्याय मिलेको …