बेलायतमा कोरोना खोप कार्यक्रमः ग्रिनविचकी मेयरद्वारा उलविच लेट नाइट फार्मेसीको तारिफ

लण्डन । ग्रिनविचकी मेयर लिण्डा बर्डले उलविच लेट नाइट फार्मेसीले कोरोना खोप कार्यक्रममा पुर्याउँदै आइरहेको योगदानको तारिफ गरेकी छन् । जनवरी २१ देखि आधिकारीक रुपमा एचएचएस कोभिड भ्यासिनेशन साइटले सफलता पुर्वक समुदायमा कोरोना खोप कार्यक्रम अन्तर्गत काम गर्दै आइरहेको छ ।