प्युठान- प्यूठानमा एमालेका सूर्य थापाले अग्रता कायमै राखेका छन् ।
झिमरुक, गौमुखी, ऐरावती, सरुमारानी र नौबहिनी गाउँपालिकाको गणना सकिँदासम्म थापाले २२१२३ मत पाएका छन् ।
उनलाई राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल १८८०८ मतसहित पछ्याइरहेकी छन् । थापा र पौडेलबीचको मतान्तर ३३१५ रहेको छ ।