'मोदीको अभिव्यक्ति जति आपत्तिजनक छ, त्यति नै आपत्तिजनक हाम्रो सरकारको मौनता र लाचारी पनि छ'

काठमाडौँ । नेपालको भूमि लिपुलेकमा सडक विस्तार गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालैको सार्वजनिक अभिव्यक्तिबारे नेपाल सरकारको अस्वाभाविक एवम् रहस्यमय मौनताप्रति विवेकशील साझा पार्टीले आपत्ति जनाएको छ ।

सम्बन्धित सामग्री

लिपुलेकबारे मोदीको अभिव्यक्तिप्रति सरकार मौन बस्नु आपत्तिजनक : विवेकशील साझा

'निशान छापमा उक्त नक्सा राखिसकिएको अवस्थामा मोदीको अभिव्यक्ति जति आपत्तिजनक छ,  त्यति नै आपत्तिजनक हाम्रो सरकारको मौनता र लाचारी पनि छ,' विज्ञप्तिमा भनिएको छ ।

मोदीको अभिव्यक्तिमा नेपाल सरकारको मौनताप्रति विवेकशील साझाले उठायो प्रश्न

विवेकशील साझा पार्टीले नेपालको भूमि लिपुलेकमा सडक विस्तार गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक अभिव्यक्तिबारे नेपाल सरकारको अस्वाभाविक एवम् रहस्यमय मौनताप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।शुक्रबार विवेकशील साझाका प्रवक्ता शरदराज पाठकले विज्ञप्तिजारी गर्दै कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नक्सा जारी गरी संविधान संशोधनमार्फत निसान छापमा उक्त नक्सा राखिसकिएको अवस्थामा मोदीको अभिव्यक्ति जति आपत्तिजनक छ, त्यति नै आपत्तिजनक नेपाल सरकारको मौनता र लाचारी पनि रहेको बता