बेनी-मालढुंगा सडक १० वर्षपछि स्तरोन्नति

म्याग्दी : राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत उत्तर-दक्षिण जोड्ने बेनी-मालढुंगा सडक खण्ड स्तरोन्नति गरी दुई लेनको बनाउने काम सुरु भएको छ।१३ किलोमिटर दूरीको उक्त सडक निर्माण भएको दुई दशक बितिसक्दा पनि स्तरोन्नति भएको थिएन। साँघुरो र जीर्ण सडकका कारण यात्रु र सवारी साधनहरुले सास्ती भोग्दै आएका थिए।पर्वतको मालढुंगादेखि जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक बिस्तार, सुधार गरी दुई लेनको बनाउन लागिएको बेनी–जोमसोम–कोरला सडक आ