दाङ : कोरोनाको दोस्रो लहर सुरु भएपछि दाङमा १४ जना पत्रकार संक्रमित भएका छन्। तीमध्ये एकको मृत्यु भएको छ। एक जनाको अवस्था गम्भीर छ।पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीका अनुसार गम्भीर संक्रमितको भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको छ। अन्य १२ जना पत्रकार होम आइसोलेसनमा रहेका छन्। उनीहरुको अवस्था सुधारोन्मुख रहेको उनले बताए । संक्रमित पत्रकारमध्ये केहीका परिवारका सदस्य समेत संक्रमित भएका छन्। उनीहरुको अवस्था पनि सुधार भैरहेको अध्यक्ष केसीले बताए।‘केही साथीहरु घरमा