भौतिक संरचना अभावमा काभ्रेको न्याय सम्पादन प्रभावित, ४६ प्रतिशत मुद्दा मात्र फर्छ्यौट

कोठा अभावका कारण मिसिल व्यवस्थापन गर्न सकस भएको छ । मिसिल राख्न दराज किन्ने रकम भए पनि दराज राख्ने ठाउँ नभएकाले भाडा तिरेर बाहिर राख्नुपर्ने अवस्था रहेको काभ्रेपलाञ्चोक जिल्ला अदालतका श्रेस्तेदार गोविन्द घिमिरेले बताउनुभयो ।