म्याग्दी : म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक जनजाति थकाली समुदायमा ‘तोरन ल्ह’ (फागु पूर्णिमा) पर्वको रौनक छाएको छ।देशका विभिन्न क्षेत्रमा करिब १० हजार जतिको हाराहारीमा रहेको थकाली समुदायले फागु पूर्णिमाका अवसरमा वर्षेनी ३ दिनसम्म परम्परागत तोरन ल्ह मनाउने गर्छन्। तोरन ल्ह मनाउन घरबाहिर र विदेशमा रहेका थकाली समुदायका सदस्य आफ्नो जन्मथलो फर्किएका छन्।तोरन ल्हमा थकाली समुदायले घर सिँगारपटार गरेका छन्। फागु पूर्णिमाको अघिल्लो दिन शुरु हुने तोरन ल्ह ३ दिनसम्म मनाउने चलन रहेको