एकीकृत भन्सार जाँचचौकीलाई रेल सञ्जालमा जोड्न माग

पूर्वका उद्योगी–व्यवसायीले विराटनगर–१८ मा निर्माण भएको एकीकृत भन्सार जाँचचौकी (आईसीपी)लाई रेलमार्गको सञ्जालमा जोड्नुपर्ने बताएका छन् । भारतको रेल सञ्जालमा जोड्ने विषयलाई प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको एजेन्डा बनाइदिन माग गरेका हुन् । तीन वर्षअघि नै निर्माण सम्पन्न भई परीक्षण भइसकेकाले यसलाई रेल सञ्जालमा जोड्ने विषयले अगाडि बढाउनुपर्ने उद्योगी व्यवसायीले आग्रह गरेका हुन् । नेपाल र भारतका प्रधानमन्त्रीबाट २०७६ माघमा यो आईसीपीको उद्घाटन भएको थियो । २०७५ कात्तिक २६ गते भारतीय सीमाबाट आईसीपी नजिक रेलमार्ग निर्माण सम्...