करातेमा श्रीयांश र लक्ष्मी सर्वोत्कृष्ट

नवौं इन्डो–नेपाल कराते प्रतियोगितामा नेपाल टिम च्याम्पियन भएको छ । पुरुष खुला तौलमा स्वर्ण जितेका मित्रपार्क डोजोका श्रीयांश शाही र महिला ३५ केजीमुनिकी स्वर्ण विजेता कालिकाशरण स्कुलकी लक्ष्मी वाइबा सर्वोत्कृष्ट खेलाडी भएका छन् ।