नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामा विवाद बढ्दै जाँदा एकले अर्कालाई कारबाही गर्ने होड चलेको छ । परिणामस्वरूप सो पार्टी दुई ध्रुवमा विभाजित देखिएको छ ।महासचिव विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा पक्षले हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोलालाई कारबाही गरे लगत्तै ओली र बास्तोला पक्षले पनि विप्लव पक्षलाई कारबाही गर्दै पार्टीको आधिकारिकता दाबी गर्नतिर लागेको छ ।पार्टीमा सबैभन्दा पहिले गत वैशाख १२ गते सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले पार्टी नीति विपर