फोहरबाट मल बनाउने विषयमा उद्योग समितिको चासो

काठमाण्डाै – उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले फोहरलाई मल बनाउने विषयमा चासो देखाएको छ । आज शुक्रवार समितिले सांसदहरूलाई भक्तपुर नगरपालिकाले फोहरलाई व्यवस्थापन गरी प्राङ्गारिक मल बनाएको विषयमा बैठकमा जानकारी दिएको हो । समितिको बैठकमा सांसदहरूले भक्तपुर नगरपालिकाले फोहरबाट प्राङ्गारिक मल बनाउने प्रविधि र प्रक्रियाको विषयमा जानकारी लिएका हुन् । भक्तपुरमा फोहरबाट कसरी, कुन प्रविधिबाट बनाएर मल बिक्री गरिरहेको विषयमा रिकिसी कम्पोस्ट प्रालिकी प्रबन्ध निर्देशक उषा गिरीले जानकारी गराउनुभएको थियो ...