काठमाडौं । नेपालमा दर्शक र समीक्षकबाट उत्कृष्ट चलचित्रको प्रतिक्रिया पाएको ‘ऐना झ्यालको पुतली’ हलमा तेस्रो हप्ता चलिरहेको छ । तेस्रो हप्तामा चलिरहेको चलचित्रले अब चाँडै विदेशमा पनि यात्रा थाल्ने भएको छ ।
देशमा पाएको प्रतिक्रियाले डायस्पोरामा रहेका दर्शकलाई लोभ्याएपछि अहिले फिल्म विदेशमा डिमान्डेड भएको निर्माण पक्षले जारी गरेको विज्ञप्तिमा उल्लेख छ...