अस्ट्रेलियामा अध्ययनरत नेपाली युवतीको चरित्र हत्या गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले ती युवतीको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा प्रयोग गरी अश्लिल स्टाटस पोस्ट गरेको अभियोगमा रुपन्देही बुटवल उपमहानगरपालिका वडा नम्बर ११ देवीनगर बस्ने बर्ष २५ का एलिस भन्ने राजन श्रेष्ठलाई पक्राउ गरेको हो । श्रेष्ठले फेसबुकमा ती युवतीको फेक प्रोफाइल बनाइ अश्लिल तस्विर र भिडियो पोष्ट गर्दै अश्लिल स्टाटस लेखेका थिए । यस्तै पीडितको आफन्त लगायत साथीहरुलाई उक्त स्टाटस