म्याग्दी : किशोरीसँग हुने हिंसा न्यूनीकरणका लागि म्याग्दीमा किशोरी आत्मरक्षा तालिम सञ्चालन गरिएको छ।उनीहरूले आफूमाथि गिद्धे नजर लगाउनेसँग जाइलाग्न चाहिने आवश्यक सीप प्राप्त भएको र आफूहरू त्यस्ता विकृतिविरुद्ध लड्न तयार रहेको बताए।सामाजिक विकास कार्यालय म्याग्दीको समन्वय तथा आर्थिक सहयोग र एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) बेनी अस्पताल तथा मिलन म्याग्दीको आयोजनामा तालिम दिइएको हो।रघुगंगा गाउँपालिका र बेनी नगरपालिकाभित्रका विभिन्न विद्यालयका किशोरीलाई आत्मरक्षाको बारेमा चेतनामूलक कार्यक्रम