सुदूरपश्चिम प्रदेश : प्रदेशसभाको अधिवेशन अन्त्य, बिदा भए सांसदहरु

सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन अन्त्य भएको छ । शुक्रबार प्रदेशसभाको अन्तिम बैठक बसेर सांसदहरु बिदा भएका हुन् । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति तय भएसँगै प्रदेशसभा सदस्यहरु प्रचार–प्रसारमा केन्द्रित हुने भन्दै प्रदेशसभाको अधिवेशन अन्त्य गरिएको हो ।योसँगै प्रदेशसभा सचिवालयले पहिलो पञ्चवर्षीय कार्यकालको समीक्षा तथा सम्मान कार्यक्रम राखेको थियो । सांसदहरुले जनअपेक्षा अनुसार कार्य गर्न नसकेको भन्दै आत्मसमीक्षा गरेका छन् । तर संघीयताको जग बसाल्ने कार्यभार पूरा गर्न सफल भएको उनीहरुको सा