सुनसानमा सौन्दर्य (फोटो फिचर)

म्याग्दी : भनिन्छ, ‘संकटका बेला मानिसले आफन्त र प्रकृतिलाई राम्रोसँग चिन्ने मौका पाउँछ।’यतिबेला पूरै विश्व कोभिड १९ को नयाँ भेरियन्ट लहरमा थिलोथिलो भएको छ। विज्ञान र प्रविधिको यो युगमा एउटा अदृश्य भाइरसले मानिसको जीवन तहसनहस बनाइदिएको छ।महान दार्शनिक रुसोले ‘अन्ततः मानिस प्रकृतितर्फ नफर्की सुखै पाउँदैन’ भनेर उतिबेला भनेका थिए। सो अहिले वास्तविकतामा परिणत भएको छ।मानिस कोरोना भाइरसबाट आक्रान्त छ। संक्रमणबाट कसरी जोगिने भन्ने ध्याउन्नमा लागेको छ