१४ वर्षसम्म बनेन अछाम दरबार

सरकारी ठेक्कामा निर्माण सुरु भएको योजना वर्षौंसम्म अलपत्र पर्नेमा अछाम सदरमुकाम मंगलसेनमा निर्माणाधीन अछाम दरबार पनि एक हो । अछामको निर्वाचन क्षेत्र नम्बर २ मंगलसेनमा पर्ने यो दरबारलाई स्थानीय निर्वाचन होस् या प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन, सबै उम्मेदवारले चुनावी एजेण्डा बनाउने गरेका छन् । तर निर्माण कम्पनीलाई राजनीतिक दलबाटै संरक्षण गर्ने र निर्माणमा चासो नदिनाले पुनर्निर्माण सुरु भएको १४ वर्ष र ध्वस्त भएको २१ वर्ष हुन लाग्दासमेत दरबार अझै ठडिइसकेको छैन ।