नेपाललाई जापानले दिने भयो १४ अर्ब ऋण र २ अर्ब अनुदान

५ असोज, काठमाडौं । जापान सरकारले नेपाललाई १६अर्ब भन्दा बढी ऋण तथा अनुदान सहायता दिने भएको छ । बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा सहायता उपलब्ध गराउनेबारे सम्झौता भएको छ । पूर्वी तराई क्षेत्रमा सिंचाइ प्रणालीको पुनर्स्थापना सुधार आयोजना कार्यान्वयन गर्न जापानी येन २२५.६० करोड (करिब रु. २ अर्ब) अनुदान सहायता बराबरको सम्झौता भएको हो । […]