गलकोट : बागलुङको पर्यटकीयस्थल बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ। प्रचार-प्रसार तथा पर्यटकीय पूर्वाधार बनेपछि बेलढुङ्गा आउने पर्यटकको संख्यामा क्रमशः वृद्धि भएको हो।
बागलुङको काठेखोला गाउँपालिका-३ धम्जा ओखले र म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लीको सीमामा बेलढुङ्गा अवस्थित छ। माथिल्लो भाग पहिरोले भत्किएपछि उजाड बनेको बलेढुङ्गामा गण्डकी प्रदेश सरकार र स्थानीयको…