भारतका सेनाप्रमुख नरवणेलाई बनाइन सक्छ नयाँ सीडीएस

भारतका चीफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल विपिन रावतको हेलिकप्टर दुर्घटनामा निधन भएपछि उनको स्थानमा बहालवाला सेनाप्रमुख एमएम नरवणेलाई राख्न सकिने बताइएको छ ।  प्रधानमन्त्री नरेन्द्र मोदीले बुधवार स्थानीय समयअनुसार साढे ६ बजे सुरक्षा मामिलाको क्याबिनेट कमिटीको बैठक गरे । त्यसमा गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र कमिटीका अन्य सदस्य उपस्थित थिए ।  बैठकमा रावतको स्थानमा आउने नयाँ सीडीएसको बारेमा चर्चा भएको छ । वरिष्ठताको हिसाबमा जनरल एमएम नरवणेको दाबी बलियो द...