दक्ष जनशक्ति उत्पादन गर्न सार्वजनिक र निजी क्षेत्रले सङ्कल्प गरौँ : शिक्षा मन्त्री

बाँके – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले दक्ष जनशक्ति उत्पादनमा सार्वजनिक र निजी शिक्षण संस्थाले सङ्कल्प गर्नुपर्ने बताउनुभएको छ । निजी तथा आवासीय विद्यालय एसोसिएशन नेपाल (नेशनल प्याब्सन) को नेपालगञ्जमा चलिरहेको सातौँ महाधिवेशनमा बोल्दै मन्त्री पौडेलले सार्वजनिक र निजी शिक्षण संस्थाले दक्ष जनशक्ति उत्पादन गर्नेमा सङ्कल्प गर्नुपर्ने बताउनुभयो ।  सरकारको ३० प्रतिशत व्यय भार बोकेको निजी शिक्षण संस्थाले विद्यार्थीलाई संस्कार र संस्कृति सिकाउनुपर्ने बताउँदै उहाँले संस्कार र संस्कृति हराउँदै गएकोमा चिन्ता...