सांसद लामिछानेको नागरिकता विवाद: अन्तरिम आदेश दिने/नदिनेबारे संवैधानिक इजलासमा सुनुवाइ हुँदै

गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सांसद हुन अयोग्य रहेको जिकिर गर्दै परेको रिटमाथि शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । रिटमा मागिएको अन्तरिम आदेश दिने/नदिनेबारे सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको हो ।