‘द नेशनल डिजाइनर रनवे’ हुने

मोडल सङ्स नेपालको आयोजनामा नेपालमै पहिलो पटक राष्ट्रियस्तरको फेशन डिजाइनर लक्षित ‘द नेशनल डिजाइनर रनवे’ हुने भएको छ । एक विज्ञप्ती जारी गर्दै आयोजक मोडल सङ्स नेपालले ‘द नेशनल डिजाईनर रनवे’ को जानकारीसहित आवेदन समेत खुलला गरेको हो । आयोजक संस्थाका सिइओ डेबिल सिंह राजपुतले फेशन डिजाइन क्षेत्रको प्रवद्र्धन तथा पेशाकर्मीको व्यावसायिकता विकास गर्न रनवे आयोजना गर्न लागेको बताए । शोका लागि फेसन डिजाइनिङ सम्बन्धी प्रशिक्षण लिएका, लिँदै गरेका विद्यार्थी तथा फेसन डिजाइनिङ तथा