काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज आइतबार पनि बस्दैछ। पार्टी केन्द्रीय कार्यालय बबरमहलमा हिजो शनिबार दिउँसो पनि बस्न लागेको हो।
बैठकमा संगठन निर्माण, गठबन्धन, कार्यकारिणी समिति विस्तार, भ्रातृ संगठन निर्माणलगायत एजेन्डामा छलफल हुने बताइएको छ।