काठमाण्डाै – योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा झन्डै चार लाख श्रमिक समेटिएका छन् । अहिलेसम्म योजनामा सूचीकृत हुने श्रमिकको सङ्ख्या तीन लाख ९१ हजार एक सय ५६ पुगेको सामाजिक सुरक्षा कोषले जनाएको छ । १७ हजार छ सय ४६ रोजगारदाता पनि कोषमा समावेश भएका छन् ।
कोषमा सबैभन्दा बढी बाग्मती प्रदेशबाट दुई लाख ९९ हजार आठ सय ३५, प्रदेश नम्बर १ बाट ३८ हजार आठ सय ४९, मधेसबाट २१ हजार ५६, गण्डकीबाट १४ हजार आठ सय ९३, लुम्बिनीबाट १३ हजार नौ सय ६७, सुदूरपश्चिमबाट एक हजार पाँच सय तीन र कर्णालीबाट एक हजार ए...