एल साल्भाडोरमा गुन्डाविरुद्धको विशेष सैन्य अभियान सुरु, १० हजार सैनिकले सहर घेरा हाले

मध्य अमेरिकी देश एल साल्भाडोरको एक सहरमा गुन्डाविरुद्धको विशेष सैन्य अभियान सुरु भएको छ । राष्ट्रपति नायब बुकेलेको आदेशअनुसार १० हजार जना सेनाले सोयापाङ्गो सहरलाई घेराबन्दी गरी गिरोहविरुद्धको विशेष अभियान सुरु गरेका बीबीसीले जनाएको छ । सेनाले घेरा हालेको सहरतर्फ जाने सबै सडक बन्द गरेर सरकारी विशेष बलले गिरोहका सदस्यको घर खोजिरहेका खबरमा उल्लेख छ । सरकारी अधिकारीहरूले सहर छाड्ने स्थानीयको प्रयासलाई रोकेका छन् र अत्यावश्यक काम हुनेहरूलाई कागजात जाँच गरेर मात्रै सहर बाहिर जान दिएका छन् । तीन लाख घर भएको सोयापाङ्...