काभ्रेको ‘कोरोना तथा आपतकालीन कोषमा जम्मा भयो साढे ७ लाख बढी रकम

काभ्रे : नेपाल पत्रकार महासंघ काभ्रे शाखाले कोरोना संक्रमणको जोखिमबीच सक्रिय रहेका सञ्चारकर्मीलाई विपदमा सहयोग गर्न स्थापना गरेको ‘कोरोना तथा आपतकालीन कोष’मा रकम जम्मा हुन थालेको छ। नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रिराज तिमल्सिनाले कोषमा हालसम्म ७ लाख ५९ हजार रुपैयाँ जम्मा भएको जानकारी दिए।महासंघ काभ्रे शाखाका अध्यक्षका अनुसार सुरुमा ५ लाखबाट स्थापना गरिएको आपतकालीन राहत कोष पछिल्लो समय दुई लाख ५९ हजार सहयोग प्राप्त भएसँगै सो रकम जम्मा भएको हो।अध्यक्ष तिमल्सिनाले कोरोना