बाराका १६ स्थानीयतहमध्ये जीतपुरसिमरा उपमहानगर बेरुजुमा जिल्लामै पहिलो स्थानमा परेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९ औँ प्रतिवेदनमा जीतपुरसिमरा उपमहानगर बेरुजुमा बारा जिल्लामै पहिलो स्थानमा परेको हो । यसअघि स्थानीय विकास मन्त्रालय गरेको कार्यसम्पादन मूल्याङ्कनमा धादिङको गल्छी गाँउपालिका पछि जीतपुरसिमरा भ्रष्टाचारमा देशभरिमै दोस्रो र जिल्लामा पहिलो स्थानमा परेको थियो । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा जीतपुरसिमराको बेरुजु ५२ करोड ९५ लाख ९० हजार देखि