पर्वत : जिल्लाभर निषेधाज्ञा कायम रहँदासमेत वित्तीय संस्थाहरूले पालोअनुसार गरे पनि कोरोना सङ्क्रमणको जोखिम उच्च रहेको भन्दै पर्वतका सम्पूर्ण वित्तीय संस्थाहरू पूर्ण रूपमा बन्द हुने भएका छन्।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) पर्वतको सिफारिसमा जिल्ला प्रशासन कार्यालय पर्वतमा आइतबार बसेको बैठकबाट जेठ तीन गतेबाट निषेधाज्ञामा थप कडाइ गर्ने निर्णय गरेर प्रशासनले थप कडाइ गरेको हो।
केन्द्रका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय पर्वतका तथ्यांक अधिकृत प्रवीण भण्डारीका अनुसार वित्तीय संस्थाहरूलाई आलोपालो प्रणालीमा सेवा...