काठमाडौं । सांसदहरुले नेपाल विश्वविद्यालय विधेयक सरकारी अवधारणा अनुसार नभएको भन्दै फिर्ता लिन सरकारसँग माग गरेका छन् । बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा सांसदहरुले समितिमा पुगेको नेपाल विश्वविद्यालय विधेयकका बारेमा सरकार स्पष्ट हुनुपर्ने, सरकारी र निजी कुनैपनि अवधारणाअनुसारको नभएको जिकिर गर्दै विधेयक फिर्ता लैजानुपर्ने धारणा राखेका हुन् । बैठकमा सांसद खिमलाल देवकोटाले […]